संसद् सत्र सारियो



कोलम्बो, (एजेन्सी)।

श्रीलंकाका राष्ट्रपति गोटबाया राजपक्षेले एक महिनाका लागि संसद् सत्र स्थगित गरेका छन्। संसद्को अर्को सत्र शुरु गर्न सन् २०२० जनवरी ३ तय गरिएको छ। कार्यक्रमअनुसार संसद्को सत्र मंगलबार शुरु हुनु थियो।

राष्ट्रपति गोटबाया राजपक्षेले एक विशेष गजेट जारी गरी संसद् सत्र जनवरी ३ बाट पुन शुरु गरिने बताएको छ। राष्ट्रपतिसँग यस्तो कदम चाल्ने संवैधानिक शक्ति भएको अधिकारीहरूले बताए।

राष्ट्रपतिले जनवरी ३ मा बस्ने संसद्को उद्घाटन सत्रलाई सम्बोधन गर्न सक्छन् र यस क्रममा उनले आफ्नो नयाँ सरकारको नीति उल्लेख गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्