केबल–कार चल्यो पर्यटक बढ्याे



रामचन्द्र शर्मा

नेपाल भौगोलिक, वातावरणीय, जैविक र पर्यावरणीय हिसाबले अत्यन्तै महत्वपूर्ण र संवेदनशील क्षेत्र हो । यसलाई उपयोग गर्नु, विकास गर्नु र जोगाउनु पनि हाम्रो कर्तव्य हो । वातावरणको विकास र रक्षा गर्नका लागि रोपवे, केबल–कार, स्काई–वेजस्ता प्रविधिलाई हाम्रो यातायातको विकल्पको साधनका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ । यातायात विकासका लागि हाम्रो भूगोल–मैत्री साधन रोपवे नै हुनसक्छ ।

रोप–वेले वातावरणमा शून्य प्रतिकूल प्रभाव पार्दछ, प्रदूषण न्यूनीकरण गर्न शतप्रतिशत भूमिका खेल्दछ । दुर्घटना शून्यको हाराहारीमा पु¥याउन सक्दछ । भौगोलिकरूपमा जमिन कटान गर्दा जानसक्ने पहिरोको जोखिमलाई रोकथाममा झन्डै शतप्रतिशत भूमिका खेल्न सक्दछ । निर्माण लागतमा पनि तुलनात्मकरूपमा धेरै सस्तो पर्दछ । मर्मत सम्भार एवं सञ्चालन खर्चमा समेत यसले तुलनात्मकरूपमा कम लागत लिन्छ । सबैभन्दा महत्वपूर्ण पक्ष यो वातावरणमैत्री छ । यसले देशको व्यापार घाटा कम गर्नका लागि र विद्युतीय इन्धनको उपयोग गरी राष्ट्रलाई व्यावसायिक हिसाबले महत्वपूर्ण योगदान दिनसक्छ । यसका अतिरिक्त जहाँ केबल–कार चलेको छ, त्यहाँ पर्यटकको ओइरो नै लागेको देखिन्छ ।

यति धेरै सकारात्मक गुण एवं विशेषता बोकेको यातायातका साधनको निर्माण आजको आवश्यकता हो । यो यातायात एवं पारवहनको वर्तमान विकल्पका रूपमा आधुनिक यातायात साधन विकासको नयाँ बाटो हुनसक्छ ।

केबल–कार निर्माणको प्रक्रिया र यसको प्रविधिको विकासमा आज देशका हरेक कुना–कुनामा छलफल चलिरहेको छ । लगानीकर्तासमेत यस क्षेत्रमा गरेको लगानीबाट सार्थक मुनाफा आर्जन गर्न सकिन्छ भन्ने मनोविज्ञानमा छन् । सबै वातावरण हेर्दा अबको दशक केबलकार, रोप–वे, स्काई–वे निर्माणको दशक बन्नसक्ने आकलन गर्न सकिन्छ । देशमा यस्तो प्रविधिको चर्चा भइरहँदा, नेपाली निर्माण व्यवसायीहरूले अब यस क्षेत्रको निर्माणमा आफ्नो संलग्नताको विषयमा सोच्ने, बुझ्ने र अध्ययन गर्ने समय आइसकेको छ । हरेक व्यवसाय समय र परिस्थितिअनुसार आफूलाई उभ्याउन सक्ने गरी तयारी हालतमा राखिराख्नुपर्दछ । विकासको रहरलाई बुझ्नु र प्रविधिको उपयोग गर्नु सफल व्यवसायीको क्षमता पनि हो ।

व्यवसायीको भूमिका

सबैभन्दा पहिला व्यवसायीले आफ्नो क्षमता चिन्न सक्नुपर्दछ । साँघुरो घेराबाट उठेर फराकिलो बाटोमा दौडिने साहस गर्न जरुरत छ । त्यही बाटोबाट नै नयाँ संसारमा पुग्न सकिन्छ भन्ने गम्भीर बुझाइ राख्नुपर्दछ । निर्माण क्षेत्रमा गुण्डागर्दीको ट्याग सधैं जोडिएर आउने गर्दछ । यो ट्यागलाई नयाँ सोच, सीप र क्षमताले हटाइदिनुपर्दछ । रोप–वे निर्माणको ज्ञान नहुँदा देशमा अब निर्माण ठेक्काका लागि बा⋲य मुलुकबाट निर्माण कम्पनीहरू ल्याउनै पर्ने बाध्यता छ । अब स्वदेशी हामी व्यवसायीले अँँखा खोल्नै पर्दछ । हामी कुवामा भ्याकुताको लडाइँमा होइन, संसार सजाउने अभियानमा गोलबद्ध हुँदै त्यसको गुणात्मक प्रतिफल लिने समय समात्नुपर्दछ ।

केबल–कार निर्माणका लागि तालिम केन्द्रहरू निर्माण गरौं, दक्षता र ज्ञानसहितको जनशक्ति उत्पादन गरौं । अन्तर्राष्ट्रिय कम्पनीहरूसँग प्रारम्भिक अवस्थामा सहकार्य गरेर काम सिक्ने रणनीति बनाऔं । रोप–वे निर्माणमा कसरी आत्मनिर्भर हुन सकिन्छ भनेर रणनीतिक योजना बनाउँदै समग्र रोप–वे निर्माणमा स्वदेशी निर्माण व्यवसायीको संलग्नता सुनिश्चित गर्ने तयारी गर्नुपर्दछ ।यस्तो तयारीले निर्माण व्यवसायलाई मर्यादित बनाउँछ । यस कार्यबाट स्वदेशी पुँजीलाई देशमा राखिरहन सक्ने महत्वपूर्ण भूमिका समेत खेल्न सक्छ । निर्माण व्यवसायीले लगानी, सीप, क्षमता र तालिमद्वारा यो क्षेत्रको विकासमा आफ्नो गम्भीर भूमिकामा आफूलाई अब उभ्याउन सक्नुपर्दछ । अन्तर्राष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने भावनात्मक तयारीमा लाग्नु अपरिहार्य भइसकेको छ ।

केबल–कारको प्रकार

१। मोनो केबल नन लाइनर कर्भ सिस्टम

यो अत्याधुनिक प्रविधि हो । शहरी इलाका र पहाडी इलाकामा कर्भ गर्नका लागि यो सिस्टमको प्रयोग गर्न सकिन्छ ।

२। चियर लिप्ट सिस्टम

यो साहसिक पर्यटनका लागि पहाडी, हिमाली क्षेत्रमा प्रयोग गर्न सकिने रोप–वे सिस्टम हो । यो मोनोकेबल इन्डलेसन सिस्टममा दुई जनासम्म प्यासेन्जर बस्न मिल्ने गरी कम लागत पर्ने सिस्टम हो ।

३। मोना केवल डिटाचेवल सिस्टम

यो पहाडी इलाकामा अहिले संसारभर प्रयोग भइरहेको आधुनिक प्यासेन्जर सिस्टम को केबल–कार हो । नेपालमा यसको सम्भावना धेरै छ ।

४। वाइ केबल गोन्डोला सिस्टम

यो दुईवटा रोपमा क्याबिनमा २५/३० जना प्यासेन्जर राखेर सेवा दिन सक्ने प्रविधि हो । यसको सञ्चालन लागत धेरै पर्दछ।

५। जिक ब्याक टाइप मोनोकेबल ट्राम वे

ट्रामको सिस्टममा एकैपटक १ सय ६० जनासम्म यात्रु ओसारपोसार गर्न सक्ने प्रकारको सिस्टम हो । यो जुन वेमा जान्छ त्यही वेमा फर्कने विशेषताको सिस्टम हो । यो विन्ड प्रुफ पनि हुन्छ ।

६। जिग लेग मोनोकेबल सिस्टम

यो केबल जिगलेगजस्तै हो यसको रोपेमा दुईवटा क्याबिन अट्याच गरेको हुन्छ । छोटो दूरीका लागि यो उपयोगी हुन्छ ।

७। फ्युनिटल ओएमसी ९डबल रोप मोनोकेबल टाइप०

यो ताजा आधुनिक प्रविधि हो । प्रतिघण्टा ६ हजार प्यासेन्जर बोक्नसक्ने यो केबल–कार २ वटा रोपमा डिटाचेवल सिस्टममा सञ्चालित हुन्छ, पहाडी हावा चल्ने इलाकामा यसको प्रयोग गर्न सकिन्छ । पोखरा मुक्तिनाथसम्म जान यसै प्रविधिको उपयोग गर्न सकिन्छ ।

नेपालमा निर्माण भएका केबल–कार

१। मनकामना केबल–कार

धार्मिक यात्रा गराउने मुख्य मनशायले निर्माण गरेको मोनो केवल डिटाचेवल सिस्टम को केबल–कार हो । यो नेपालको सफल परियोजना हो ।

२। चन्द्रागिरि

पर्यटकीय हिसाबले निर्माण भएको र धार्मिक पर्यटनसँगै प्रवद्र्धन गर्न खोजेर निर्माण भएको देखिन्छ । यसमा धार्मिकभन्दा पनि पर्यटकीय हिसाबले नै मानिसहरूले बुझेका छन् र मज्जा पनि लिइरहेका छन् । यो पनि मोनो केवल इन्डलेस सिस्टममा निर्माण भएको केबल–कार हो ।

३।कालिञ्चोक भगवती

यो धार्मिक पर्यटनमा केन्द्रित छ । नेपालको छोटो केबल–कारका रूपमा बुझ्न सकिन्छ । यो स्वीस मोडेलमा जिक लेग सिस्टमबाट निर्माण भएको केबल–कार हो ।

निर्माणको प्रक्रियामा रहेका केबल–कारहरू

१। पोखराको अन्नपूर्ण केबल–कार

यो पर्यटकीय हिसाबले पोखरा सेती बगरदेखि साराङकोटसम्म निर्माण भइरहेको केबल–कार हो । यो जापानी कम्पनीले निर्माण गरेको मोनो केबल डिटाचेबल सिस्टमको फरक बिशेषताको केबल–कार हो ।

२। बन्दीपुर केबल–कार

यो बन्दीपुरको पर्यटन प्रवद्र्धनसँग जोडेर बनाउन लागेको एड्भेन्चर टुरिजमका मोडेलबाट निर्माण भइरहेको फरक विशेषताको परियोजना हो । मोनो केबल डिटाचेवल रोटेटिङ सिस्टममा निर्माण भइरहेको छ । यो डुम्रे ठुलढुङ्गा तनहुँदेखि बन्दिपुर डाँडासम्म १६०० मिटर लामो हुनेछ । यो परियोजनामा ठूलो व्यावसायिक कम्पेलक्सभित्र केबल–कारको स्टेसन हुन्छ । डबल टिकटको व्यवस्था भएको यो परियोजनाको व्यावसायिक भवनभित्र नौ तलामा भ्यु टावर हुन्छ, जसले हिमाललाई नजिक ल्याएर देखाइदिन्छ । बैंकेट हल, स्पोर्टस् र विजनेस होटेल तथा ६० कोठासहित निर्माणाधीन केबल–कारबाट होटेलमा जाने संसारमै नयाँ मज्जा यो केबलकारले दिन्छ भने ओपन गन्डोलाको सुविधा एवं दुईवटा पारदर्शी सिसाको क्याबिन राखेर एड्भेन्चर टुरिजमको प्रवद्र्धन गर्ने योजनामा यो केबलकार बनिरहेको छ । यो परियोजना पर्यटन पूर्वाधार युक्त केबलकार परियोजना हो । निजी, सामुदायिक, सहकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनमा १ अर्ब २८ करोडको लागतमा यो निर्माण भइरहेको छ ।

३। पञ्चासे केबल–कार

यो फरक बिशेषता बोकेको धार्मिक, जैविक, पर्यावरणीय र सांस्कृतिक पर्यटकीय केन्द्र निर्माणको लक्ष्य बोकेर निर्माण भएको देश विकासमा रणनीतिक महत्व राख्ने बहुहितग्राही परियोजना हो । ११ अर्ब ३८ करोडको लागतमा निर्माण हुने गण्डकी प्रदेशको ड्रिम प्रोजेक्ट जुन पर्यटन पूर्वाधारयुक्त बृहत्तर गुरुयोजनामा निर्माण हँुदै छ । सामुदायिक, निजी, सरकारी, सहकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनमा लगानीको अवसर समुदायलाई दिइएको छ । यो परियोजना धार्मिक, पर्यटन र यातायातको दृष्टिकोणले पोखरादेखि पर्वत चित्रेसम्म विस्तार हुनेछ । यसको मुख्य उद्देश्य स्थानीय स्रोत र साधनहरूको उपयोग स्थानीय लगानीद्वारा स्थानीयहरूले गर्नुपर्दछ र समाजलाई औद्योगीकरण गर्नुपर्दछ भन्ने भावनामा डिजाइन गरिएको परियोजना हो । यो परियोजनामा पोखरा घाँटीछिनामा ड्राइभ स्टेसन, सिधाने गाउँमा इन्टरमिडिएट ट्रन्जिट स्टेसन, पञ्चासे पिकमा सेकेन्ड स्टेसन, पञ्चासे लेक लक्षित डेस्टिनेसन स्टेसन र विस्तार गरी पर्वत चित्रेसम्म स्टेसन राख्ने गरी फरक डिजाइनमा तयार पारिएको एक मात्र केबल–कार सिस्टम हो । जसको लम्बाइ ८ दशमलव ५ किमि हुनेछ । केन्द्र तथा प्रदेश सरकारले केबलकारको सम्भावना विषयमा गम्भीर अध्यान गरेर अन्य परियोजनासमेत सार्वजनिक गर्ने तयारीमा छ ।

अन्त्यमा नेपालको भू–वनोटअनुसार केबलकारको ठूलो सम्भावना छ । नेपालजस्तो देशमा बढी लगानीका परियोजनाभन्दा लगानी प्रभावित परियोजनाहरू थोरै लागतमा सुरक्षित र गुणस्तरतालाई ध्यान दिएर बनाउन सक्नुपर्दछ। यसले लगानीकर्ताको पनि हित गर्छ, सेवाग्राहीहरूको समेत हित गर्छ, राष्ट्रको उन्नतिमा पनि ठोस योगदान दिन सक्छ। यो क्षेत्रकोे निर्माण र विकासका लागि निर्माण व्यवसायिको ठूलो भूमिका हुन्छ । अब व्यवसायीलाई प्राविधिक र आर्थिक हिसाबले पनि उच्च मनोबलयुक्त बनाउनुपर्दछ । यसो गर्न सकियो भने व्यवसायीको भूमिका सार्थक बन्न सक्छ र उचित प्रतिफल पनि लिन सक्छन् । यो भनेको देशको महत्वपूर्ण तागत र पुँजीका रूपमा व्यवसायीले गरेको योगदानका रूपमा राष्ट्रले बुझ्न सक्ने अवस्था हो । सबैले यसको तयारी गरौं ।

(लेखक पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडका अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्