भर्जिन लोकेसनले लोभिए आन्तरिक पर्यटक



विदुर गिरी

नायिका झरना थापाले निर्देशन गरेको दोस्रो फिल्म ए मेरो हजुर ३ मा नायक अनमोल केसीलाई सगरमाथा बेस क्याम्प र त्यसनजिकैको गोक्यो लेक तथा मनाङको आइस लेकमा देखेपछि धेरै युवायुवती यो कुन ठाउँ रहेछ भनेर त्यो स्थल खोज्दै त्यहाँ पुगे।ती स्थानमा विदेशी पर्यटक त पुग्थे नै, फिल्ममा देखिएका रमणीय दृश्यबाट लोभिएर जाने आन्तरिक पर्यटकसमेत लोभिए र कष्टकर यात्रा गर्दै त्यहाँ पुग्न थाले।

हामीले एकदमै धेरै दुःख र खर्च गरेर गोक्यो लेकमा सुटिङ गर्यांै। त्यहाँ हिँडेर जान सहज थिएन। सुटिङका लागि त झन् तीनवटा हेलिकोप्टर लिएर जानुपर्यो। हामीले यस्ता विकट तर आकर्षक भर्जिन लोकेसनमा पुगेर फिल्म सुटिङ गर्दा पर्यटन प्रवद्र्धनका लागि सहयोग त पुग्छ। तर यो कामका लागि राज्यले सहयोग नगर्दा साह्रै  दुःख लाग्छ।

एउटा फिल्मले पर्यटन क्षेत्रमा पुर्याएको नजानिँदो योगदान थियो यो। ‘हाम्रो फिल्म हेरेर मनाङ अनि गोक्यो लेकमा धेरै मान्छे पुगे। गोेक्यो लेकसम्म जान निकै कठिन छ। मनाङ घुम्न गएका मान्छेसँग सोध्नुस् जसले पनि ए मेरो हजुर हेरेर आएको भन्छन्’, ए मेरो हजुर सिरिजका निर्माता सुनिलकुमार थापा भन्छन्– ‘मनाङकै व्यवसायीहरू फिल्मले हाम्रो पर्यटन व्यवसायलाई ठूलो सहयोग पुग्यो भनिरहेका छन्।

अहिले त्यो ठाउँ नेपाली पर्यटकले खचाखच हुन पुगेको छ। तर त्यस्ता ठाउँमा पुगेर सुटिङ गर्न निकै कठिन छ। हामीले एकदमै धेरै दुःख र खर्च गरेर गोक्यो लेकमा सुटिङ गर्यौं। त्यहाँ हिँडेर जान सहज छैन। सुटिङका लागि त झन् ३ वटा हेलिकोप्टर लिएर जानुपर्यो। लाइसेन्स भएको ड्रोन प्रयोग गर्दासमेत आर्मीले किन ड्रोनले खिचेको भनेर ३० हजार जरिवाना तिरायो।

हामीले यस्ता विकट तर आकर्षक भर्जिन लोकेसनमा पुगेर फिल्म सुटिङ गर्दा पर्यटन प्रवद्र्धनका लागि सहयोग त पुग्छ। तर यो कामका लागि राज्यले सहयोग नगर्दा साह्रै दुःख लाग्छ।’ फिल्मकी निर्देशक झरना थापा थप्छिन्– ‘फिल्ममा यस्ता नयाँ लोकेसन भयो भने भिजिट नेपाल २०२० लाई धेरै नै सहयोग हुन्छ। त्यसैले भिजिट नेपाल २०२० नजिकिइरहेको बेला सरकारले यस्ता भर्जिन लोकेसनमा सुटिङ गर्न सहयोग र प्रेरित गरे सरकारको यो लक्ष्यलाई धेरै सघाउ पुग्नेछ।’

झरनाले आफ्नो डेब्यु निर्देशनको फिल्म ए मेरो हजुर २ मनाङको तिलिचेलेकमा खिचेपछि फिल्मका ती दृश्यहरू हेरेर मानिसहरू खोज्दै त्यहाँ पुगेको प्रसंग पनि सम्झिन्।कुनै पनि देशलाई चिनाउन, त्यसको कला संस्कृति तथा वातावरण र स्थललाई चिनाउन सबैभन्दा प्रभावकारी काम फिल्मले मात्र गर्न सक्छ।

यसको ज्वलन्त उदाहरण हिन्दुस्तानलाई मान्न सकिन्छ। यदि भारतको फिल्म नगरी बलिउड नहुँदो हो त उसले विश्वभर आफ्नो चिनारी बनाउन मुस्किल हुन सक्थ्यो। बलिउडले वर्षेनी सयौं फिल्म निर्माण गरेर विश्वभर पुर्याएकै कारण भारतलाई विश्वका धेरै देशका मानिसले सजिलै चिन्दछन्।

त्यस्ता थोरै देशमात्र होलान्, जुन देशका मानिसले भारतका बारेमा जानकारी नराखेको होस्। यसरी विश्वभर भारतलाई चिनाउने काम बलिउडका फिल्मले गर्दै आएका छन्। बलिउड फिल्मकै कारण संसारका धरै मानिसले भारतका विभिन्न स्थल, त्यहाँको रहनसहन, कला संस्कृतिलाई नजिकबाट बुझेका छन्। यतिसम्म कि बलिउड स्टारका पहिरनलाई देखाउँदै मानिसहरू त्यसलाई पछ्याउँछन्। हिन्दी फिल्म हेरेका भरमा थप्रै देशका मानिसहरू भारत टेक्न लालायित हुन्छन्।

त्यसैले सरकारले सन् २०२० लाई विशेष पर्यटन वर्षका रूपमा मनाउन भिजिट नेपाल २०२० अभियान चलाउन लागेका बेला नेपालका आकर्षक र मनोरम दृश्य समेटिएका फिल्महरू विश्वका विभिन्न देशमा फैलाउन सकिए यो अभियानलाई धेरै नै सघाउन पुग्न सक्नेछ। मनाङ, मुस्ताङ, जोमसोम, पोखरा, धम्पुस, घान्द्रुकजस्ता प्राकृतिक सौन्दर्य तथा मनोरम र रमणीय दृश्यले भरिएका फिल्मलाई देशदेखि विदेशसम्म पुर्याउन सकिए यसले यो अभियानलाई सार्थक तुल्याउन सक्नेछ।

वीर विक्रम फिल्मका कारण त्यस ठाउँमा पर्यटक बढेपछि त्यहाँका स्थानीयले त्यो ठाउँको नाम नै वीर विक्रम गल्ली राख्ने कुरा गर्नुभएको थियो। के गर्नुभयो थाहा छैन। मलाई लाग्छ फिल्ममा यस्ता भर्जिन लोकेसन प्रयोग गर्दा आन्तरिक र गैरआवासीय नेपाली पर्यटक त बढ्छन् नै, विदेशी पर्यटक पनि आकर्षित हुन्छन्।

हामीसँग यीबाहेक पनि माथिल्लो डोल्पाको कष्टकर जीवनका साथमा मनोरम दृश्य देखाउने क्याराभान, भीर माहुरीको मह काट्न सोलुखुम्बुमा विकट पहाडमा गरिएको साहसिक कार्य बोकेको हनी हन्टरजस्ता अरू फिल्म पनि छन्। यी फिल्मलाई विश्वस्तरमा पुर्याउन सके भिजिट नेपाल २०२० लाई सार्थक तुल्याउन अरू केही गरिराख्न पर्दैन।

नेपालको प्राकृतिक सौन्दर्यलाई नेपाली फिल्मले देखाइरहेकै छन्। त्यसबाहेक यहाँका विभिन्न स्थलका प्राकृतिक सौन्दर्यलाई विश्वका थुप्रै देशले क्यामरामा कैद गर्दै आएका छन्। प्रचार गरिएन होला, प्रकाशमा ल्याइएन होला बेग्लै कुरा।

तर विदेशी फिल्महरूले नेपालका विभिन्न रमणीय स्थलहरूलाई आफ्नो फिल्मको लोभलाग्दो सम्पतीका रूपमा पस्कँदै आएका छन्। वृत्तचित्र होस् या व्यावसायिक फिल्म नेपालका विभिन्न स्थललाई प्रँकृतिक सुटिङ स्टुडियो मानेर हलिउडदेखि बलिउडसम्म, कोरियनदेखि तेलगु फिल्मसम्मले यहाँका मनोरम दृश्यलाई समेट्दै आएका छन्।

नेपालकै फिल्मको कुरा गर्ने हो भने पनि पोखरा र घान्द्रुकका दृश्यसम्म सीमित हुने अवस्थाबाट माथि उठेर निर्माता निर्देशकहरू हिजोआज जोमसोम, मनाङ, सगरमाथा, सोलुखुम्बुका विकट र कठिन स्थलमा पुगेर आफ्नो फिल्मको स्क्रिनलाई स्वर्णिम बनाइरहेका छन्। जस्तो कि निर्माता निर्देशक मिलन चाम्सले वीर विक्रम नामक फिल्म पर्यटकले सगरमाथा जाँदा ट्रान्जिटका रूपमा प्रयोग गर्ने रामेछापको शिवालय गर्जाङ पुगेर सुटिङ गरे।

उनले वीर विक्रमको सुटिङ गर्न जाँदा त्यहाँ आन्तरिक पर्यटकको खासै चहल पहल थिएन। फिल्म रिलिजमा आएको ६ महिनापछि त्यहीँ पुग्दा त्यहाँको माहोल नै फेरिईसकेको थियो। ‘सुटिङ गर्न जाँदा आन्तरिक पर्यटक खासै थिएनन्। ६ महिनापछि जाँदा त आन्तरिक पर्यटकमा भयंकर वृद्धि भएको पाएँ। यो सबैको कारण वीर विक्रम नै थियो। पछि त्यहाँ म्युजिक भिडियो पनि सुटिङ हुन थाल्यो।’ –मिलनले सुनाए।

उनै मिलनले वीर विक्रमको सफलतापछि बनाएको त्यसको सिरिज वीर विक्रम–२ का सम्पूर्ण दृश्य मुस्ताङको टिटी लेकमा खिचे। त्यसअघि त्यहाँ क्याप्टेनको एउटा गीतमात्र त्यहाँ खिचिएको थियो। मुस्ताङका धेरै भाग सुखामय भए पनि योचाहिँ हरियाली छाएको मनोरम ठाउँ थियो। वीर विक्रम–२ रिलिज भएपछि यो ठाउँमा पनि आन्तरिक पर्यटकको घुइँचो लाग्न थाल्यो।

‘वीर विक्रम फिल्मका कारण त्यो ठाउँमा पर्यटक बढेपछि त्यहाँका स्थानीयहरूले त्यो ठाउँको नाम नै वीर विक्रम गल्ली राख्ने कुरा गर्नुभएको थियो। के गर्नुभयो थाहा छैन। मलाई लाग्छ फिल्ममा यस्ता भर्जिन लोकेशन प्रयोग गर्दा आन्तरिक र गैरआवासीय नेपाली पर्यटक त बढ्छन् नै। विदेशी पर्यटक पनि आकर्षित हुन्छन्’, मिलनले सुनाए– ‘जस्तो कि मैले वीर विक्रम–२ जापानमा पनि देखाए। जापानीहरू पनि ती दृश्य देखेर लोभिए।

उनीहरूले यो कुन ठाउँ कस्तो ठाउँ हो भनेर निकै चासो देखाए।’ मिलनको अनुभव छ– ‘मुस्ताङमा आन्तरिक पर्यटक बढ्नुको कारण नै नेपाली फिल्म हो। धेरै फिल्ममा मुस्ताङका दृश्य देखाइएपछि आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका हुन्। मुस्ताङका मान्छेहरू नै नेपाली फिल्मले गर्दा यहाँ टुरिस्ट बढे भनेर मख्ख छन्।’
त्यसो त कथावस्तुमा कमजोर मानिइरहेका नेपाली फिल्मका निर्माता निर्देशकहरू दर्शक लोभ्याउन नयाँ–नयाँ लोकसनको खोजीमा लाग्न थालेका छन्।

हरेकजसो फिल्म हिजोआज भर्जिन लोकेसनमा सुटिङ हुन थालेका छन्। अत्याधुनिक डिजिटल क्यामरा, त्यसमाथि ड्रोनको सहायताले बन्ने विशाल फ्रेममा देखिने भर्जिन लोकेसनले दर्शकलाई लोभ्याइरहेका छन्।

पहिलेका तुलनामा केही वर्षयता नेपाली फिल्म विभिन्न देशमा पुग्ने भएका कारण नेपालका विभिन्न भागका नेपालीदेखि प्रवासमा रहेका नेपालीसम्म र उनीहरूकै सम्पर्कबाट नेपाली फिल्म हेर्न पुगेका विदेशीसमेत नेपालका यस्ता मनोरम दृश्यबाट प्रभावित भई आन्तरिक र बाह्य पर्यटकका रूपमा धेरै थोरै मात्रामा नेपाल भित्रिने गरेको समेत पाइन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्