बाँदरले मार्ने भयो सरकार



जंगली जनावरले खेतबारीमा लगाएको बाली खाएर सखाप पार्छ। जनताले के खाने ? सरकारले कृषिप्रधान देश भनेर नाक फुलाउँदै हिँड्ने तर बाँदरले लगाएको अन्नबाली सबै सखाप पारिदिने। यही सरकार कृषिमा नयाँ आयाम ? यही हो सरकार कृषिको प्रगति ?

मुलुकका पहाडी जिल्लाहरूमा यति बेला सुन्ताला लटरम्मै फलेका छन्। कतिपय किसानको त सुन्ताला खेती नै प्रमुख आर्थिक स्रोतको रुपमा रहेको छ। तर, ती सुन्तलाभन्दा बढी त बाँदर नै धेरै छन्। एकैछिन्मा सबै सखाप।

स्याङ्जा जिल्लाका अधिकांश नगरपालिका अथवा गाउँपालिकाको कथाव्यथा पनि उस्तै छ। बाँदरले उनीहरूको तरकारी मात्रै खाँदैन, मानिसलाई समेत आक्रमण गर्न आउँछ। स्याङ विहादी–४, लिङसियामा पनि बाँदर आतंक उस्तै छ।

बाँदरले खेतबारीमा लगाइएको खेतीबाली सखाप पार्यो, त्यसमाथि घरघरमा छिरेर बच्चा र बूढाबूढीमाथि समेत आक्रमण गरेर गाउँमा बस्नै नसकिने बनायो। बाँदरले सुन्तला त झन् देख्ने हुँदैन। फेरि खतीबाली खाने बाँदर मात्रै हैनन् जंगली जनावर पनि उत्तिकै सक्रिय छन्।

बाँदर, घोरल, मृग, लेकाली दुम्सी र हाब्रेजस्ता जनावरले बालीमा क्षति पुर्याएको छ, लौ न हामी समस्यामा छौं भनेर स्थानीय प्रशासनकहाँ जाँदा उनीहरूले पनि प्रयास गरिएको आश्वासन मात्रै दिन्छन्। यसरी कसरी हामी किसान बाँच्ने ? हामीले के खने ? के गर्ने ?

बिहान हामी नउठ्दै बाँदरले सुन्तला सखाप पारिदिन्छ। फेरि दिनभरि धपायो कताबाट छिरेर खान्छ, खान्छ। यसरी कति दिन चल्छ ? यस्तो दुःख राज्यले बुझिदिने हो भने आधा कृषकको काम कम हुने थियो। यति भन्न चाहन्छु।

– शारदा कोइराला,
लिङसिया, स्याङ्जा।

 

 

प्रतिक्रिया दिनुहोस्