हिटलरको घरमा चौकी



भियना, (एजेन्सी)।

अष्ट्रियाका अधिकारीले तानासाह एडोल्फ हिटलरको जन्मस्थललाई प्रहरीले आफ्नो कामका लागि प्रयोग गर्ने जानकारी दिएका छन्।

विगत केही वर्षदेखि नाजी तानाशाहका प्रशंसकहरुका लागि उक्त भवन एक तीर्थस्थल बनेको थियो। हिटलरको जन्म सन् १८८९ मा भएको थियो।

तानासाहले आफ्नो जीवनको शुरूका तीन वर्ष सोही गेस्टहाउसमा विताएका थिए। अब उक्त भवनलाई प्रहरी चौकीका रूपमा प्रयाग गरिने भएको छ।

यो घरको प्रयोगले उक्त भवन राष्ट्रिय समाजवादको स्मरणलाई पूर्ण रूपमा मेटाउने प्रष्ट संकेत जाने अष्ट्रियाका गृहमन्त्री वाल्फगेंग पेसचर्नले बताए।

प्रतिक्रिया दिनुहोस्