मुल्यवृद्धिको समर्थन



तेहरान, (एजेन्सी)।

इरानका सर्वोच्च धार्मिक नेता अयातोल्लाह अलि खामेनीले आफू तेलको मूल्य वृद्धिको समर्थनमा रहेको आइतबार बताएका छन्। यसै विषयलाई लिएर इरानभरि विरोध प्रदर्शन शुरु भएको छ। तर अयातोल्लाहले इरानका थुप्रै प्रमुख शहरहरुमा फैलिरहेको यस विरोध प्रर्दशनलाई हिंसात्मक गुण्डागर्दीको संज्ञा दिएका छन्।

अहिलेसम्म प्रहरीसँग भएको भिडन्तमा कम्तिमा एकजना प्रदर्शनकारीको ज्यान गएको बताइएको छ। तर स्थानीय सञ्चार माध्यमले भने मृतकको संख्या अझै बढी हुन सक्ने दावी गरेको छ। सरकारी अधिकारीहरुले भने प्रदर्शनमाथि कडा नीति अपनाइने धम्की दिएका छन्।

प्रतिक्रिया दिनुहोस्