परिवारका पाँचको मृत्यु



लस एन्जलस, (एजेन्सी)।

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा एक घरमा भएको गोलाबारीमा एकै परिवारका तीन बच्चासहित पाँच सदस्यको मृत्यु भएको छ। शनिबार प्याराडाइज हिलमा भएको उक्त घटनाका संदिग्ध मृतक मध्यकै एक हुन सक्ने प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेका प्रहरीले तीन वर्षका बच्चा, २९ वर्षका महिला र ३१ वर्षाका एक पुरुष मृत अवस्थामा फेला पारेका थिए। ५ र ९ वर्षका घाइते बच्चालाई अस्पतालमा पुर्याइएको भए पनि दुवैको मृत्यु भएको थियो। अर्को ११ वर्षीय बालकलाई अस्पताल भर्ना गरिएको छ। उक्त घरमा एक आमा र ४ बच्चा सँँगै बस्दै आइरहेको प्रहरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्