जमानत राख्न अस्विकार



लाहौर, (एजेन्सी)।

पाकिस्तानका अस्वस्थ पुर्व प्रधानमन्त्री नवाज सरिफले उपचार गराउन बेलायत जानका लागि ७ अर्ब रूपैया जमानत जम्मा गर्न अस्विकार गरेका छन्। इमरान खान सरकारको उक्त माग मान्न अस्विकार गर्दै यसलाई गैर कानुनी भएको बताए।

साथै आफनो स्वास्थ्यको मुद्दामा राजनिति गर्ने प्रयासको निन्दा पनि सरिफले गरेका छन्। पाकिस्तानको मन्त्रीमन्डलले उपचारपछि फिर्ता हुन र भ्रष्टाचारको आरोपको सामना गर्ने प्रतिबद्धता गर्दै जमानत पत्रमा हस्ताक्षर गर्छ भने उनलाई उपचारका लागि विदेश जान अनुमति दिइने सर्त राखेको थियो।

मन्त्रिमण्डलले सरिफको नाम उडान प्रतिबन्ध सुचीबाट भने हटाएको थियो।

प्रतिक्रिया दिनुहोस्