महाराष्ट्रमा राष्ट्रपति शासन



नयाँदिल्ली, (एजेन्सी)।

भारतको महाराष्ट्र राज्यमा चलिरहेको सत्ता राजनीतिक अस्थिरताबीच राष्ट्रपति रामनाथ कोविंदले राष्ट्रपति शासन लगाउन स्वीकृति दिएका छन्। राज्यपाल भगत सिंह काश्योरीले आफ्नो सिफारिसमा राज्यमा कुनै पनि दल सरकार बनाउने स्थितिमा नभएकाले राष्ट्रपति शासन लगाउन भनेका थिए।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको क्याबिनेट बैठकले उक्त प्रस्ताव पारित गरेको थियो। भारतको सबैभन्दा ठूलो अर्थतन्त्र बोकेको राज्य महाराष्ट्रको विधानसभा चुनावमा भाजपा सिट जित्न सफल भए पनि बहुमत पुर्याउन असफल भए। त्यसपछि गठबन्धन सरकारको प्रयास पनि सफल हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्