नेता मारिए



जेरुसेलम, (एजेन्सी)।

इजरायली हवाई हमलाको कारण गाजा क्षेत्रमा लडाकू समूह प्यालेस्टाइनी इस्लामिक जिहाद (पीआईजे) का एकजना वरिष्ठ कमान्डरको मंगलबार ज्यान गएको छ। सो समूहले घरमा क्षेप्यास्त्र खस्दा नेता बाहा अबु अल अता र उनकी पत्नीको ज्यान गएको जनाएको छ।

यस घटनामा उनका चार सन्तान र एक छिमेकी घाइते भएको बताइएको छ। इजरायली सेनाले भने अबु ठूला आतंककारी आक्रमणको योजनामा रहेको बताएको छ। यस हत्यापछि गाजाबाट इजरायलतर्फ कम्तीमा सत्तरीवटा रकेट प्रहार भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्