दुईजना सिकिस्त्



बेइजिङ, (एजेन्सी)।

हङकङमा सोमबार दोस्रोदिन पनि जारी रहेको हिंसात्मक प्रदर्शनको क्रममा दुईजना व्यक्ति चिन्तजनक अवस्थामा पुगेको प्रहरीले जनाएको छ।

प्रहरीले सोमबार बिहान नजिकबाट गोली चलाउँदा एक प्रदर्शनकारी घाइते भएको बताइएको छ।

चौबीस साताअघि विवादास्पद तथा प्रस्तावित सुपुर्दगी विधेयकको विरोधमा प्रर्दशन शुरू भएबाट प्रहरीले चलाइएको गोलीबाट घाइते हुने यिनी तेस्रो व्यक्ति हुन्।

यसैगरी सोमबार नै हङकङमा बृहत प्रजातन्त्रको माग राख्दै प्रदर्शनरतसँग विवाद गर्ने बेइजिङ समर्थित एक व्यक्तिलाई पेट्रोल छर्केर जिउँदै जलाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्