नेटो ‘मृत प्राय‘



पेरिस, (एजेन्सी)।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले उत्तर एटलान्टिक सैन्य गठबन्धन नेटो ‘मृत प्राय’ भइसकेको बताएका छन्।

म्याक्रोंले बिहीबार प्रकाशित एक अन्तरवार्तामा युरोप तथा अमेरिकाबीच समन्वयको कमी र एक प्रमुख सदस्य राष्ट्र टर्कीद्वारा सिरियामा एकपक्षीय कारबाहीलाई लिएर उक्त धारणा राखेको हो।

अमेरिका र नेटो सहयागीबीच रणनितिक फैसला लिनमा कुनै समन्वय नभएको द इकोनोमिस्टलाई दिएको अन्तरवार्तामा म्याक्रोंले बताएका छन्।

‘नेटोका एक सदस्य टर्कीद्वारा समन्वय नगरिकन आक्रामक कारबाही गरेको छ, जहाँ हाम्रो हित दाउमा परेको छ’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्