तथ्यहरुको श्रृंखला अगाडि सारेर अघि जान सक्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले सीमा विवादमा आफ्नो गम्भिर गृहकार्य गरेर तथ्य प्रमाण सहित भारतीय पक्षसँग उच्चस्तरमा संवाद गरे समाधान निस्कने बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी आँटिला मान्छे भएको भन्दै तथ्य प्रमाणका आधारमा आफूहरुले कुरा उठाउन सके समस्या समाधान हुनसक्ने उनको धारणा थियो ।

मोदी नेपाल बुझेको नेता भएको र समस्या समाधानमा तयार भए भारतलाई पनि फाइदा पुग्ने नेता नेपालको तर्क छ ।

लिम्पियाधुरा नेपालको भारतसँगको सिमाना हो भन्ने विषयमा नेपालसँग अनेक तथ्य प्रमण रहेको र त्यसको संकलन र अध्ययन गरेर सरकारले गम्भिर ढंगले भारतसँग कुरा राख्नुपर्ने बताएका थिए ।

‘हामीले प्रमाण तथ्यका आधारमा पुष्टि हुने गरी तथ्यहरुको श्रृंखला अगाडि सारेर अघि जान सक्नुपर्छ । त्यसका लागि अनेक प्रमाण हामीसँग छन्,’नेता नेपालले भने ।