न्युज अफ नेपाल, काठमाडौँ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग पुर्याउन अनुरोध गरेको छ।
बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणका क्रममा रिङरोडभित्र ठूला मालबाहक सवारी साधन नचलाउन महाशाखाले विशेष अनुरोध गरेको हो ।
यस्तै वैकल्पिक सडकको प्रयोग गर्न तथा अवस्था ठीक भएका सवारी साधनमात्रै सो अवधिमा सञ्चालनमा ल्याउन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यस्तै ट्राफिक सम्बन्धी समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हटलाइन १०३ प्रयोग गर्न महाशाखाले अनुरोध गरेको छ ।
बंगलादेशका राष्ट्रपति हमिद तीन दिने नेपाल भ्रमणको सिलसिलामा मंगलबार नेपाल आउँदैछन् । उनी नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
विज्ञप्तीसहितः












प्रतिक्रिया