भीषण आगलागी



क्यानबेरा, (एजेन्सी)।

अस्ट्रेलियाको जंगलमा लागेको भीषण आगोमा परी कम्तीमा ३ जनाको मृत्यु भइसकेको छ भने अन्य ४ जना बेपत्ता छन्। शनिबार आगो लागेपछि अर्को दिन अधिकारीहरु मर्नेको संख्या बढ्ने आंशका व्यक्त गरेका छन्।

प्रधानमन्त्री स्कट मोरिसले हाल करिब १ सय स्थानमा आगलागी भइरहेको र त्यसको नियन्त्रणका लागि सेना, १ हजार ३ सय दमकल कर्मचारी बोलाउन सक्ने बताएका छन्।

क्विन्सल्यान्ड र न्यु साउथ वेल्सको प्रभावित इलाकामा सयौं नागरिक आगो नियन्त्रणमा सहयोग गरिरहेका छन्। जंगलमा लागेको आगोका कारण १ सय ५० भन्दा घरलाई क्षति पुगेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्