रूप ज्योतिलाई पाँच दिन म्याद थप

0
Shares

काठमाडौं, (नेस)।

ठगी आरोपमा पक्राउ परेका उद्योगी डा. रूप ज्योतिलाई आइतबार काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यसअघिको ३ दिने म्याद सकिएपछि ५ दिनको म्याद थप गरेको उक्त अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताउनुभयो।

ल्यान्डमार्क डेभलपर्सले घरजग्गा बिक्रीका निम्ति सर्वसाधारणसँग रकम उठाएर घरजग्गा नदिएको आरोप उहाँमाथि लागेको छ। गत बिहीबार महानगरीय प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँलाई पक्राउ गरेको थियो। उहाँलाई पक्राउ गरेको भोलिपल्ट उहाँकी छोरी सुरुचिलाई पनि पक्राउ गरिएको थियो।

हाउजिङका नाममा ठगी गरेको भन्दै उनीहरूलाई पक्राउ गर्नका लागि जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते पक्राउ गर्न अनुमति दिएको थियो। जसका विरुद्धमा ज्योति सर्वोच्च अदालत पुग्नुभएको थियो। सर्वोच्च अदालतले समेत ज्योतिको विपक्षमा फैसला सुनाएपछि उहाँलाई गत बिहीबार पक्राउ गरिएको यियो। हाउजिङ कम्पनी बाबु र छोरी दुवैका नाममा रहेको थियो।

Skip This