निर्वाचन कार्यालय नजिकै बम विस्फोट

0
Shares

पोखरा, (नेस)।

पोखरामा रहेको जिल्ला निर्वाचन कार्यालय नजिकै बम विस्फोट भएको छ। कास्की क्षेत्र नं. २ मा हुने निर्वाचका लागि निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताका लागि तोकिएको समयमा नै बम विस्फोट भएको हो।

निर्वाचन कार्यालयदेखि करिब एक सय मिटर पर रहेको निर्माणाधीन पर्यटन बसपार्कमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी राजकुमार केसीले जानकारी दिनुभयो।

बिस्फोटबाट मानवीय तथा भौतिक क्षति भने नभएको उहाँले जानकारी दिनुभयो। बम निर्वाचन उम्मेदवारी दर्ता विफल पार्न राखिएको हुन सक्ने आशंका गरिएको छ।

Skip This