‘जे ल्यायो, त्यो मान्नुपर्छ भन्ने छैन’

0
Shares

काठमाडौं,(नेस)।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने अवस्था नभएको बताउनुभएको छ।

आयोगको प्रतिवेदन सार्वजनिक नभएकोमा चौतर्फी आलोचना बढेपछि मन्त्री पोखरेलले सो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने अनिवार्यता नभएको जिकिर गर्नुभएको छ।

आफैं अध्यक्ष रहेको आयोगले तयार गरी गएको माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रतिवेदन बुझाएको थियो।

मन्त्री पोखरेलले आयोगले गरेको सिफारिसको आधारमा नीति तयार गरेको बताउनुभएको थियो तर, प्रतिवेदन सार्वजनिक नगरी किन नीति तयार गरियो भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘आयोगले जे ल्यायो त्यो मान्नुपर्छ भन्ने छैन, कति लिने वा नलिने भन्ने सरकारको कुरा हो।’ उहाँले नीतिमा मन्त्रालयको दैनिक कार्यलाई समेटेर नीति ल्याएको समेत दाबी गर्नुभयो।

 

Skip This