दुर्घटना न्यूनीकरणतर्फ ध्यान पुगेन



दुर्घटना निकै नै दुःखद कुरा हो। सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटना र सोही दिन म्याग्दीमा भएको सवारी दुर्घटनाले यति बेला आमनेपालीलाई स्तब्ध बनाएको छ। बढ्दै गएको सडक दुर्घटनाको जोखिम कसरी न्यूनीकरण गर्न सकिन्छ ?

भन्नेतर्फ सरोकार पक्षले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ । सडक दुर्घटनामा अकालमा ज्यान जाने, घाइते हुने, अपांग हुने क्रम सडक सञ्जाल बढेसँगै अकाशिएको छ ।

राज्य तथा परिवारलाई प्रत्येक मानिसको जीवनको महत्व हुन्छ । राज्यले प्रत्येक जनताबाट केही न केही पाइरहेको हुन्छ भने परिवारले आफ्नो सदस्य गुमाउँदाको पीडा उल्लेख गर्नै सकिंँदैन ।

हिमाल, पहाड, तराईमा फरक–फरक स्तरका सडक छन् । अहिलेसम्म सरकारले यो गाडी यो ठाउँमा जान पाउँदैन भनेर नियम बनाएको छैन । जुन, जत्रासुकै गाडी जहाँसुकै निर्वाद गुडिरहेका हुन्छन्। तिनको साइज, क्षमताको मापन गरेर चल्न दिए जस्तो लाग्दैन ।

यसबाट गाडीधनीलाई त आर्थिक नोक्सानी पुग्छ नै, त्योभन्दा पनि यात्रुको ज्यान नै गुम्छ । सरकारले सडक हेरेर केही मापदण्ड बनाउनुपर्ने देखिन्छ।

पहाडी र हिमाली सडकमा बढी नै उकालो–ओरालो र घुम्ती हुने हुँदा चालकहरूको कारण धेरै दुर्घटना भएको पाइन्छ। यसतर्फ सरोकार पक्ष गम्भीर हुनुपर्छ ।

– पवन पाण्डे, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्