जिउँदै जलाइए



मेक्सिको सिटी, (एजेन्सी)।

उत्तरी मेक्सिकोमा आशंकित लागूऔषध तस्करबाट भएको एक हिंसात्मक आक्रमणमा एक महिला र उनका चार सन्तान गरी कम्तीमा पाँच अमेरिकी नागरिक मारिएको प्रहरीले मंगलबार जनाएको छ।

ती मारिनेहरू थुप्रै दशकअघि मेक्सिकोमा बसोबास गर्न पुगेका मोर्मोन समुदायसँग सम्बन्धित ब्यारोन परिवारका सदस्य रहेको बताइएको छ। घटनास्थलको भिडियोमा एउटा कार जलाइएको देखिन्छ।

केही पीडितलाई जिउँदै मारिएको अनुमान गरिएको छ। साथै अन्य धेरै व्यक्ति हराइरहेका छन्। स्थानीय सञ्चारमाध्यमले पहिचानको गल्तीले आक्रमण भएको हुनुपर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्