ट्रकमा ४१ आप्रवासी



एथेन्स, (एजेन्सी)।

उत्तरी ग्रिसमा एक कोल्डस्टोरेज ट्रकबाट ४१ आप्रवासीलाई जीवित फेला पारेका छन्। एक प्रहरीले उक्त घटनाको जानकारी दिँदै ट्रक चालकलाई पक्राउ गरिसकेको बताए। ती आप्रवासी अफगानमूलका जस्तो लागेको उनले बताए।

उनीहरूमध्ये धेरैको स्थिति राम्रो रहेको उनले बताए। सातजनालाई अस्पतालमा सामान्य उपचार गराइएको थियो। उनीहरूको राष्ट्रियता पहिचानमा दुई दिन लाग्ने एक प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले उक्त ट्रकलाई जान्थी तथा कामोटिनी इलाकाबीचमा पर्ने एग्नाटिया मार्गमा रोकेका थिए। ट्रक चालक पक्राउ परिसकेको र उनी जर्जियाका भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्