ट्रम्पको धम्की



वासिङ्टन, (एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग अनुसन्धान भइरहेका बेला विदेशबाट फिर्ता बोलाइएकी अमेरिकी महिला राजदूतले ट्रम्पले टेलिफोन वार्तामा गरेको एक रहस्यात्मक टिप्पणीलाई आफूले तर्साउन खोजिएको महसुस गरेको बताएकी छिन्।

युक्रेनका लागि पूर्व अमेरिकी राजदूत म्यारी योभानोभित्चले अमेरिकी कंग्रेससमक्ष ट्रम्पले युक्रेनका आफ्ना समकक्षीलाई फोन गर्ने क्रममा आफूबारे गरिएको टिप्पणीको प्रसंग उठाएकी हुन्।

ट्रम्पले आफ्ना समकक्षीलाई योभानोभित्चले केही कुरामा दुःख पाउन लागेको बताएको बुझिएको छ। डेमोक्रेटसले हालैमात्र गोेप्य बयानको पहिलो अभिलेख सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्