बाहिरिने प्रक्रिया शुरु



वासिङ्टन, (एजेन्सी)।

अमेरिकाले पेरिस जलवायु सम्झौताबाट अलग हुने सूचना औपचारिकरुपमा संयुक्त राष्ट्रलाई दिएका छ। उक्त विश्व सम्झौतामा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले महत्वपूर्ण भूमिका निभाएका थिए। उक्त ऐतिहासिक पेरिस सम्झौताबाट अलग हुने घोषणा ट्रम्पले सन् २०१७ जुन १ मा गरेका थिए।

तर यसको प्रक्रिया सोमबार यसको औपचारिक सूचनासँगै शुरू भयो। अब अमेरिका सन् २०२० नोभेम्बर ४ मा यो सम्झौताबाट अलग हुनेछ। अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले एक विज्ञप्तिमार्फत पेरिस सम्झौताबाट अलग हुने प्रक्रिया शुरू गरेको जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्