चालक दल अपहरित



ओस्लो, (एजेन्सी)।

पश्चिम अफ्रिकाको बेनिनको समुद«ी तट नजिक रहेको एउटा नर्वेली पानी जहाजबाट समुद«ी डाँकुहरुले चालक दलका नौ जना सदस्यलाई सोमवार अपहरण गरेको प्रहरीले जनाएके छ। जहाजका मालिक जे.जे. उग्लयान्डले मलाको रूपमा प्रयोग हुने एक किसिमको खनिज पदार्थ जिप्सम बोकेर गइरहेको सो जहाज रोकिएक अवस्थामा आक्रमणमा परेको जानकारी दिएका छन्।

अन्तर्राष्ट्रिय जलिय समय ब्युरोले गल्फ अफ गिनिया विश्वकै सबैभन्दा बढि डकैती हुने खतरनाक स्थान भएका ेबताएके छ। यसवर्ष त्यहाँ नाइजेरिया, गिनिया , टोगो , बेनिन र क्यामरुनका ६२ जना अपहरित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्