मर्केलको असन्तुष्टी



नयाँ दिल्ली, (एजेन्सी)।

जर्मन चान्सलर एन्जेला मर्केल दुई दिने भारत भ्रमणका क्रममा काश्मिरको स्थिति राम्रो नभएको बताएकी छिन्। काश्मिरमा जुन प्रकारको अशान्त स्थिति छ त्यसलाई लामो समयसम्म स्थायी रहन नहुने उनले बताइन्। जर्मन सन्चार माध्यमलाई मर्केलले भने– आज जुन काश्मिरको स्थिति छ, त्यसलाई राम्रो भन्न सकिँदेन।

यसमा परिवर्तन हुन्छ भनने मैले अपेक्षा गरेको छु। मोदी र मर्केलबीच प्रतिनिधिमन्डलको बैठकपछि प्रधानमन्त्री आवासमा एक गोप्य बैठक पनि भएको थियो। उनीको बैठकमा केही विशेष मन्त्री र अधिकारीहरु पनि सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्