युरेनियम उत्पादनमा बृद्धी



तेहरान, (एजेन्सी)।

इरानले सन् २०१५ को परमाणु सम्झौताबाट हटेपछि प्रसोधित युरेनियम उत्पादनमा दश गुणाले बृद्धी गरेको जनाएको छ। उक्त सम्झौताबाट अमेरिकापनि बाहिरी सकेको छ। इरानले अन्य दुई नयाँ सेन्ट्रिफ्युजन यन्त्रको विकसित गरेको र त्यसमा एउटाको परीक्षण भइरहेको इरानको एटोमिक एनर्जी अर्गनाइजेसनका प्रमुख अली अकबर सालेहीले बताए।

मध्य इरानको नन्टाज केन्द्रमा युरेनियम उत्पादन पाँच किलोग्राम प्रतिदिन भइरहेको उनले जानकारी दिए। दुई महिना अगाडीसम्म यो ४ सय ५० ग्राम थियो। इरानले गत मेमा उक्त परमाणु सम्झौतामा रहेका केही प्रतिबद्धताबाट पछाडी हट्ने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्