राजनीतिक नक्सा अस्वीकार



इस्लामाबाद, (एजेन्सी)।

जम्मु काश्मिरको विभाजन दुई केन्द्र शासित प्रदेश देखाइएको भारतका तर्फबाट जारी नयाँ राजनीतिक नक्सालाई पाकिस्तानले अस्वीकार गरेको छ। जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिने संविधानको अनुच्छेद ३७० लाई भारतले गत अगस्ट ५ देखि हटाएको थियो।

त्योसँगै राज्यलाई दुई केन्द्र शासित प्रदेश जम्मु काश्मिर र लद्दाखमा विभाजन गर्ने फैसला लिइएको थियो। भारतको गृहमन्त्रालयले उक्त दुई प्रदेशको सिमांकनसहित नोभेम्बर २ मा जारी गरिएको राजनीतिक नक्सालाई पाकिस्तानले खारेज गरेको हो। उक्त नक्सामा केन्द्र शासित प्रदेशअन्तर्गत पाकिस्तान नियन्त्रित गिलगित–बाल्टिस्तान पनि देखाइएको थियो।

प्रतिक्रिया दिनुहोस्