गोहीको खोपडी



लन्डन, (एजेन्सी)।

पशुपन्छीका अंगबाट बनेका उपहरका वस्तुहरू खरिद गर्नुअघि मानिसले ती वस्तु कानुनीरूपमा जायज छन् वा छैनन भन्ने बुझ्न जरुरी भएको छ। बेलायतमा प्रहरीले हालै चीनबाट आयात गरिएका गोहीका थुप्रै खोपडी बरामद गरेको छ। पोबिजको माचिन्लेथमा बुधबार बरामद भएका ती वस्तुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

नर्थ वेल्सका प्रहरीले थुप्रै स्थानमा छापामार्दा धेरै संख्यामा अवैध गोहीका खोपडी फेला परेको बताएको छ। तर निर्यात गर्ने मुलुकले अनुमति पाएको खण्डमा गोहीका केही अंग भने वैधानिक रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्