प्रदुषणले स्कुल बन्द



नयाँदिल्ली, (एजेन्सी)।

दिल्लीमा बढ्दो प्रदुषणले स्थिति गम्भीर अवस्थामा पुगेपछि त्यहाँका सम्पूर्ण स्कुल नोभेम्बर ५ सम्मका लागि बन्द गरिएको छ। दिल्लपछि गुडगाउँ, फरिदाबाद, नोएडा र गाजियाबादले पनि ५ नोभेम्बरसम्म स्कुल बिदा गरेका छन्। राजधानीलगायतका क्षेत्रमा बढ्दो प्रदूषणलाई लिएर केन्द्र सरकार पनि सक्रिय भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सचिव तथा क्याबिनेट सविचले दिल्ली, पन्जाब र हरियानाका अधिकारीहरूसँग उच्चस्तरीय बैठक बोलाएका छन्। बाक्लो तुँवालोका कारण दिल्लीको हवाई ट्राफिक पनि प्रभावित भएको छ। दिल्लीबाट करिब ३७ उडान डाइभर्ट गरिएका थियो।

प्रतिक्रिया दिनुहोस्