सडक अवरोध



बग्दाद, (एजेन्सी)।

सरकारविरुद्ध प्रदर्शन जारी रहेको इराकमा आइतबार राजधानी बग्दादका विभिन्न सडकमा प्रदर्शनकारीले अवरोध पुर्याएका छन्। प्रदर्शनकारीले सडकका प्रमुख नाकामा आफ्ना कार पार्क गरेर अवरोध खडा गरेका थिए।

तर प्रहरीले भने प्रदर्शनकारीमाथि कुनै हस्तक्षेप गरेका छैनन्। थप रोजगार, भ्रष्टाचारको अन्त्य र राम्रो सेवाको माग गर्दै दशौं हजार मानिसले १ अक्टोबरदेखि विरोध प्र्रदर्शन गर्दै आएका छन्। सुरक्षाकर्मीसँग भएको भीडन्तमा २ सय ५० जना भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस्