भारोत्तोलन टोली उज्वेकिस्तान जाँदै

0
Shares

काठमाडौं, (नेस)।

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीलाई १५ सदस्यीय नेपाली भारोत्तोलन टोली शुक्रबार उज्वेकिस्तानको तास्केन जाने भएको छ। पुरुष खेलाडीमा पुकार गुरुङ, सन्देश गुरुङ, दिनेश कार्की, प्रकाश केसी, राजु चौधरी र तुलाराम महतो तथा महिलामा अस्मिता राई, मनकुमारी कुमाल, राजलक्ष्मी थापा, कमला श्रेष्ठ, संगीता राई र करिना चौधरी छन्। प्रशिक्षकमा दिनेश भुजेल र सकिल अहमद तथा व्यवस्थापकमा रुद्रबहादुर न्यौपाने रहेका छन्।

 

 

 

 

 

Skip This