प्रेसमाथि अंकुश



बुजहेन, (एजेन्सी)।

चीनले देशमा विदेशी समाचार संगठनको एक तप्कामाथि रोक लगाएको छ। यसले चीनका नागरिक ती संस्थानको वेबसाइटका समाचार हेर्न र पढ्न पाउने छैन। पे्रसमाथि निगरानी राख्ने एक एजेन्सी उक्त जानकारी दिएको हो।

फरेन करेस्पोन्डेन्टस् क्लब अफ चाइनाले जारी गरेको एक विज्ञप्तिमा चीनका नागरिकले अब देशमा काम गरिरहेका २ सय १५ समाचार संस्थामध्ये २३ प्रतिशतको विषयवस्तु पढ्न पाउने छैन। उक्त संस्थाका अनुसार धेरैजसो अंग्रेजीमा काम गरिरहेका ३१ प्रतिशत समाचार संगठनहरूले रोक लगाइएको छ। प्रतिबन्धित वेब साइटमा बीबीसी, ब्लुमबर्ग, वासिङपोस्टलगायतका छन्।

प्रतिक्रिया दिनुहोस्