बोइङ ग्राउन्डेड



सिड्नी, (एजेन्सी)।

अस्ट्रेलियाली एयरलाइन्स् क्वान्तासको एउटा बोइङ ७३७ एनजी विमान ग्राउन्डेड गरिएको छ। विमानको एक भागमा चर्केको भेटिएपछि ग्राउन्डेड गरिएको हो। विश्वका थुप्रै एयरलायन्स्ले आफ्ना ७३७ एनजी विमानमा यसरी पखेटानिर चर्किने समस्या भेटाउन थालेका छन्।

अन्तर्राष्ट्रिय समाचार निकाय एएफपीले विश्वभरि करिब ५० वटा विमानमा यस्तो समस्या देखिएको जनाएको छ। क्वान्तासले साधारण चिरा भनेर सुरक्षा सम्झौता गर्न नसकिने र पूर्णरूपमा सुरक्षाको ग्यारेन्टी नभएको विमान नउडाइने जानकारी दिएको छ। हालै बोइंग कम्पनीले ३० हजार उडान भरिसकेका विमान जाँच्न भनेको थियो।

प्रतिक्रिया दिनुहोस्