बौद्ध विश्वविद्यालय स्थापना गर्ने



इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पेसावर वा स्वात शहरमा बौद्ध विश्वविद्यालयको स्थापना गर्नेमा सरकारले विचार गरिरहेको पाकिस्तानी एक मन्त्रीले जानकारी दिएका छन्।

थाइल्यान्डबाट पाकिस्तानको यात्रामा रहेका ९ सदस्यीय बौद्ध प्रतिनिधि मण्डललाई सम्बोधित गर्दै धार्मिक तथा अन्तरधर्म सद्भावनामन्त्री पिर नुर उल हक कादरीले उक्त प्रस्तावित विश्वविद्यालयको विषयमा उल्लेख गरेका थिए।

यस क्रममा बुद्धका सम्बन्धमा ऐतिहासिक स्थलका विषयमा एक किताब लेखिनेछ। त्यसै गरी पाकिस्तानमा बुद्ध सप्ताह पनि मनाउने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्