भिडियो सार्वजनिक



वासिङ्टन, (एजेन्सी)।

अमेरिकी सेनाले उत्तरी सिरियामा हाले गरिएको एक महत्वपूर्ण सुरक्षा कारबाहीको पहिलो फुटेज सार्वजनिक गरेको छ। उक्त कारबाहीमा इस्लामिक स्टेट (आईएस) का नाइके अबु बाकर अल बागदादी मारिएको दाबी अमेरिकाले गरेको थियो।

रफ भिडियोमा फोजले अबु लुकेर बसेको कम्पाउन्डतर्फ अघि बढ्ने क्रममा लडाकूमाथि गोली चलाउँदै गरेको देखिन्छ।यस घटनाको दौरान भूमिगत सुरुङतर्फ भागेका बगदादीले आत्मघाती भेस्ट विस्फोट गराई आफैंलाई मारेका थिए। कारबाहीपछि उक्त परिसर नै फौजले विस्फोट गरी ध्यस्त पारेको थियो।

प्रतिक्रिया दिनुहोस्