अवैध लागूऔषध सहित एक जना पक्राउ



न्युज अफ नेपाल ,काठमाडौं ।

चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय २० एम्पुल, नोर्फिन ९६ एम्पुल र फेनारगन १ सय ४५ एम्पुल सहित काठमाडौं सुकेधारा डेरा गरी बस्ने काभ्रे घर भएका २४ वर्षीय रविन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु.२ ख ३८९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्