मोटरसाइकल दुर्घटनामा रामेछापका कृषि उद्यमी तामाङको मृत्यु



रामचन्द्र वि.क.,रामेछाप ।

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । दुर्घटनामा परी रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवाका राङदान तामङको घटना स्थलमै मुत्यु भएको घटनास्थलमा रहनुभएका दिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

मन्थलीबाट खाँडादेबीको राकाथुम हुँदै घर जाने क्रममा शनिबार बिहान राकाथुमको खारेपाखोमा प्रदेश नम्बर ३–०२००१ प ५१०५ को मोटरसाइकल दुर्घटनामा परी तामाङको मृत्यु भएको हो ।

श्रेष्ठका अनुसार दुर्घटनामा परी मोटरसाइकलको पछाडी बस्ने दोलखाका कृष्ण बहादुर कार्की पनि घाइते हुनुभएको छ । दुर्घटनाको बारेमा जानकारी पाउन साथ दुर्घटना स्थलमा प्रहरी पुगीसकेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष भट्टराईले बताउनुभयो । तामाङ गाउँमै किवी खेती गरेर व्यवसायिक रुपमा कृषि उद्यममा लाग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्