सेफमा लुकाएर साढे ७ किलो चाँदी



हेटौंडा, (नेस) ।

मकवानपुर प्रहरीले ७ किलो ८ सय १९ ग्राम चाँदी बरामद गरेको छ । उक्त चाँदीका गरगहनासहित अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बीरगञ्ज पठाइएको छ ।

शुक्रबार विहान करिब ११ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–२ बस्ने वर्ष ४३ का ओमप्रकाश साहको घरबाट अवैध चाँदी बरामद गरेको हो ।

दराजको सेफमा लुकाइ राखिएको चाँदीको पाउजु ३१ जोर, चाँदीको सिन्दुर बट्टा १६ वटा, सानो सिन्दुर बट्टा २९ वटा, बाला ४१ जोर, चाबीरिङ ४३ वटा, मूर्ति ६ वटा, सानो ठूलो सिक्का ७३ वटा, पुरानो ठूलो सिक्का १ सय ४७ वटा र पुरानो बटम ८ वटा बरामद गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्