लिंग खाने पक्राउ



नयाँदिल्ली, (एजेन्सी)।

जंगलमा भालु मारेर तिनीहरूको लिंग खाने गरेका एक जना आशंकित कुख्यात अवैध शिकारीलाई भारतीय प्रहरीले प्रक्राउ गर्न सफल भएको छ। यार्लेन नामक तिनको वर्षौंदेखि प्रहरीले खोजी गरिरहेको थियो।

प्रहरीले एउटा राष्ट्रिय निकुञ्जमा लिंग नभएका भालुका सिनोहरू भेटिएपछि गम्भीर ढंगले छानबिन शुरू गरेको थियो। उनको आदिवासी समूह पार्धी बेहेलियामा जनावरका लिंग खाँदा यौन शक्ति बढ्ने धारणा रहेको मध्यप्रदेश वन विभागका अधिकारी रितेश सिरोथियाले बताएका छन्। गुजरातमा पक्राउ परेका यार्लेन बाघको शिकारमा पनि संलग्न बताइएको छ।

प्रतिक्रिया दिनुहोस्