र्यापर घिसिङ पक्राउ

0
Shares

काठमाडौं (नेस)।

हामी त यस्तै हो नि ब्रो गीतबाट चर्चामा आएका र्यापर भिटेनको नामले परिचित समीर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।घिसिङले गाएका गीतहरूमा समाजमा अपाच्य शब्दहरू प्रयोग गरेको र लागूऔषध गाँजाखान प्रोत्साहित गरेको अभियोगमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

घिसिङले आफ्नो फेसबुक पेजमा ट्राफिक प्रहरीको पोसाक लगाएर गाँजा तानेको फोटो राखेपछि पक्राउ गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो।
प्रहरीले घिसिङलाई उनकै निवास झम्सीखेलबाट पक्राउ गरेको थियो। पक्राउ परेका घिसिङलाई थप कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको महाशाखाले जानकारी दिएको छ।

 

Skip This