दुई सन्तान निति



गुवाहाती, (एजेन्सी)।

भारतको आसाम राज्य सरकारले दुर्ई भन्दा धेरै सन्तान हुने मातापिता सरकारी नोकरीका लागि अयोग्य हुने निति ल्याएको छ। आसाममा भारतिय जनता पार्टीको सरकारले दुई भन्दा बढी सन्तान हुनेलाई सरकारी नोकरीमा प्रवेश नदिने निर्णय गरेको हो।

मुख्यमन्त्री सर्बानन्द सोनोवालको क्याबिनेटले सोमबार उक्त निर्णय गरेको हो। सन् २०२१ जनवरीपछि यो निर्णय लागु हुने बताइएको छ।

१ सय २६ सिट रहेको असम विधानसभाले दुई बर्ष अगाडी जनसंख्या निति अवलम्बन गरेको थियो। सन् २०१७ मा साना परिवारलाई प्रोत्साहित गर्न आसाम विधानसभाले ‘जनसंख्या तथा महिला सशक्तिकरणको निति ‘ पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्