नेटबलमा नेपाल चौथो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

पहिलो संस्करणको दक्षिण एसियाली यू–१६ महिला नेटबल च्याम्पियनसिपमा नेपाल चौथो स्थानमै सिमित भएको छ।

मंगलबार लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा भएको तेस्रो स्थानको खेलमा आयोजक नेपाल माल्दिभ्ससँग ३५–१८ ले हारेको हो।

नेपाललाई हराउन माल्दिभ्सकी अइसाथ नुमी नासिर एक्लैले ३० अंक बटुलेकी थिइन्। प्रतियोगिताको उपाधि भने श्रीलंकाले जित्यो।

फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंकाले उपाधि जितेको हो। श्रीलंकाका प्लेयर अफ दी म्याच हिरोनी हिसानीले २५ अंकको योगदान गरिन्।

Skip This