विमान खस्यो



रियो दि जेनेरोे, (एजेन्सी)।

ब्राजिलको बेलो हरिजोन्ट शहरमा सोमबार एउटा हलुका विमान दुर्घटना हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय क्षेत्रको व्यस्त सडकमा सो विमान खसेको थियो।

सडकमा गुडिरहेका तीनवटा कारलाई ठक्कर दिएलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्।

यस विमान विस्फोटमा चारवटा सवारीसाधन पूर्णरूपले क्षतिग्रस्त भएका छन्। विमानमा एक चालक र तीन यात्री सवार थिए।

प्रतिक्रिया दिनुहोस्