सम्झौता हुने



नयाँदिल्ली, (एजेन्सी)।

पाकिस्तानस्थित एक शिख मन्दिरमा भारतीय भक्तजनको विषयमा भारत र पाकिस्तानबीच एउटा सम्झौतामा बुधबार हस्ताक्षर हुने भएको छ।

कास्मिरको सीमाक्षेत्रमा तनावका कारण गोली हानाहानमा व्यस्त रहेका दुई आणविक शक्ति सम्पन्न छिमेकी मुलुकबीचको यसलाई दुर्लभ आपसी सहयोगका रूपमा हेरिएको छ।

यस सम्झौताअनुसार भारतबाट शिखवादका संस्थापक गुरु नानकको देहान्त भएको स्थानमा बनाइएको पाकिस्तानी शहर कार्तारपुरस्थित मन्दिरमा जान प्रवेषाज्ञा नचाहिने भएको छ।

भारतीय विदेश मन्त्रालयद्वारा सोमबार राति जारी गरेको एक विज्ञप्तिमा अधिकांश बुँदामा सहमति भइसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्