मुजफरावादमा प्रदर्शन



इस्लामावाद, (एजेन्सी)।

पाकिस्तान अधिकृत काश्मिरको मुजफरावादमा मगलबार अल इन्डिपेन्डेन्ट पार्टीज अलाइन्स (एआईपीए)को ब्यानरमुनि कयौं राजनीतिक दलको सहभागितामा विशाल आमसभा भएको बताइएको छ।

यस क्रममा भएको प्रदर्शनमा प्रहरीको लाठीचार्जमा तथा कारबाहीमा दुईजनाको मृत्यु भएको र अन्य कयौं घाइते भएको जनाइएको छ।

प्रहरीको लाठीचार्जपछि आयोजना स्थलमा भागदौड मच्चिएको थियो। तर केही मुख छोपेकाहरु राजनीतिक दलको विरोध गरिरहेका थिए।

पाकिस्तान अधिकृत काश्मिरबाट घूसपैठ रोक्ने क्रममा नियन्त्रण रेखामा हरेक दिन भारत र पाकिस्तानबीच गोलाबारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्