गल्फर राई सम्मानित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।गत साता भुटानमा २८औं भुटान ओपन एमेच्योर गल्फमा उपाधि जितेका नेपालका नम्बर एक एमेच्योर गल्फर सुक्रबहादुर राई सोमबार सम्मानित भएका छन्।

नेपाल गल्फ संघले सो उपाधि जिते बापत राईलाई ५० हजार नगदसहित सम्मानित गरेको हो। राईले भुटानका जीवाङ गुरुङलाई एक स्ट्रोकले पछि पार्दै उपाधि हासिल गरेका थिए। राई भुटानमा उपाधि जित्ने दिपक थापामगर र टंकबहादुर कार्कीपछिका तेस्रो नेपाली गल्फर हुन्।

यस्तै भुटानमा राम्रो प्रदर्शन गरेका अन्य गल्फरलाई पनि संघले सम्मान गरेको थियो। सुभाष तामाङ, टंक कार्की र नीरज तामाङ क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा रहेका थिए। उनीहरूलाई जनही ५ हजार नगद पुरस्कार दिइएको थियो।

Skip This