धनाढ्य संख्यामा चीन



जुरिच, (एजेन्सी)।चिनियाँ करोडपतिको संख्याले पहिलोपटक अमेरिकी धनाढ्यको संख्यालाई उछिनेको क्रेडिट सिस्सेको अध्ययनले देखाएको छ। उक्त स्विस बैंकको वार्षिक सम्पत्ति सर्वेक्षण प्रतिवेदनमा १० करोड चिनियाँ र अमेरिकाका ९ करोड ९० लाख सूचीकृत भएका छन्।

चीनको यो संख्या विश्वका धनीको संख्यामा १० प्रतिशत हो। अमेरिका र चीनबीच व्यापारिक तनावका बाबजुद विगत १२ महिनामा दुवै देशले राम्रो सम्पत्ति आर्जन गरेको उल्लेख गरिएको छ।

यस अवधिमा अमेरिका र चीनले क्रममा ३ दशमलव ८ ट्रिलियन र १ दशमलव ९ ट्रिलियन सम्पत्ति बढाएको उक्त बैंकका पदाधिकारी हेचलर फायदले बताए।

प्रतिक्रिया दिनुहोस्