मृतकको संख्या सात



सान्टियागो, (एजेन्सी)।चिलीमा चलिरहेको सरकारविरुद्धको हिंसात्मक विरोध प्रदर्शनको क्रममा सोमबार लुटेराहरूको एक समूहले राजधानी सान्टियागो नजिकको एउटा गार्मेन्ट कारखानामा आगो लगाउँदा पाँच व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रदर्शनको क्रममा अब मर्नेको संख्या कम्तीमा सात पुगेको छ। प्रदर्शनकारीलाई तितर–वितर पार्न सेना तथा प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेका छन्।

साथै विभिन्न प्रमुख शहरहरूमा कफ्र्यु लागू गरिएको छ। सान्यिागोमा लागू भइसकेको संकटकाललाई सरकारले उत्तर र दक्षिण भागका शहरहरूमा पनि लागू गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्