साइबर आक्रमण



सिंगापुर, (एजेन्सी)।अलिबाबाका संस्थापक ज्याक माले उनको कम्पनीले हरेक दिन ३० करोड साइबर आक्रमण झेलिरहेको र त्यसको बाबजुद समूहको पेमेन्ट कम्पनी अलिपेलाई ह्याकर्सहरूले अहिलेसम्म कुनै आर्थिक नोक्सान पुर्याउन नसकेको बताएका छन्।

अलिपेको १ अर्ब युजर छन्, यसका माध्यमबाट दैनिक ५० अर्ब डलर बराबरको लेनदेन हुने गर्छ। गत फेब्रुअरीमा अलिबाबामा भएको साइबर आक्रमणको प्रयासले कम्पनीको इकमर्स साइट ताओबाओका २ करोड युजरको अकाउन्ट खतरामा परेको थियो। त्यति बेला पनि अलिबाबाले सही समयमा खतरा पत्ता लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्