भ्रमण रद्द



नयाँ दिल्ली, (एजेन्सी)।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पूर्व निर्धारित टर्र्कीको दुईदिने औपचारिक भ्रमण कार्यक्रम आइतवार रद्द गरेका छन्। काश्मीरको मामिलामा टर्र्कीले पाकिस्तानको पक्ष लिएका कारण मोदीले आफ्नो टर्की भ्रमण रद्द गरेको द हिन्दु अखवारले जनाएको छ।

गत सेप्टेम्बर २४ का दिन संयुक्त राष्ट्र संघको महासभामा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले भारतले काश्मीर मामिलामा संविधानको धारा ३ सय ७० हटाइएको प्रसंग उठाएका थिए। मोदीले टर्कीको भ्रमण गर्ने विषयमा गएको जुन महिनामा मोदी र एर्दोगानबीच कुराकानी भएको थियो।

प्रतिक्रिया दिनुहोस्